न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठग्ने युवती पक्राउ

अपराध अनुसन्धान कार्यालय काठमाडौंले विदेशमा काम दिलाउने विश्वास दिलाई ठगी गर्नेलाई पक्राउ गरेको छ । 

नुवाकोट साविक तुप्चे वडा न. ७ स्थायी घर भई हाल बूढानीलकण्ठ-३ घुम्तीमा बस्ने २७ वर्षीया शोभा पौडेललाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

सिन्धुली दूधौली नगरपालिका-१ बँका घर भई हाल तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसमेत ९ जनालाई न्युजिल्याण्ड पुगेपछि मासिक १ लाख ७० हजारसम्म तलब भएको काम लगाइदिने विश्वास दिलाएर ६३ लाख २० हजार रकम लिई सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गर्न पत्राचार गरेपछि खोज तलास सुरु भएको थियो । 

खोजी गर्ने क्रममा २१ गते साँझ बूढानीलकण्ठ कपन निलो पुलबाट शोभालाई पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २१:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया