बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि छान्नका लागि पुनः मतदान सुरु भएको छ । आज बिहान ७ बजेबाट फेरि मतदान सुरु भएको हो ।
३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बूढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेका थिए । १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ ।
बूढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ ।
मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।