प्राइम कमर्सियल बैंक लिमिटेडले ३१ जेठदेखि निष्कासन गरेको ऋणपत्र बुधबार बाँडफाँट भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री खुला गरी बाँडफाँट गरेको हो ।
कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलब १५ प्रतिशत ब्याजदर भएको ‘१० दशमलव १५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र बिक्री गरेको थियो ।
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।