माओवादी केन्द्रीय समिति बैठक : विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

माओवादीको पहिचानमा समस्या परेको भन्दै अलग देखिनका लागि समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नुपर्ने प्रचण्डको तर्क छ ।

पार्टी नेता जनार्दन शर्माले ‘नैतिकताको आधार’ अर्थमन्त्रीबाट राजीनामा दिएर पाँच दलीय गठबन्धन भत्काउने प्रयास असफल भएको टिप्पणी पनि गरेका छन् । बैठक जारी छ । 
 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया