स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न माओवादीले बनायो समिति

नेकपा माओवादी केन्द्रले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने भएको छ । त्यसका लागि माओवादीले छानबिन गर्ने भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । 

यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए । प्रचण्डले मधेसका धेरै र पहाडका केही स्थानमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन हुनुपर्ने बताए ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया