नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई एक साताभित्र आफ्नो प्रगतिविवरण बुझाउन निर्देशन दिएका छन् । प्रज्ञा भवन कमलादीमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा उनले मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
‘हाम्रो तर्फबाट जानुभएको मन्त्रीहरूले राम्रो पनि गर्नुभएको छ । ती कुराहरू जनतामा पुर्याउन सक्नु भएको छैन । अब तपाईँहरू सबैले आफ्नो मन्त्रालयमा गरेका राम्रो कामका विवरणहरू हेडक्वाटरमा बुझाउनुस्, आगामी चुनावमा त्यसलाई जनतामाझ लगेर स्थापित गरिने छ,’ प्रचण्डले भने ।
उनले माओवादीले सम्हालेका अर्थ र ऊर्जा मन्त्रालयले धेरै राम्रा काम गरेको बताए । प्रचण्डले आफ्नो पार्टीका मन्त्रीहरूले हासिल गरेका उपलब्धिलाई जनतामा लैजानुपर्नेमा पनि ध्यान दिनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।