नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्रीबाट राजीनामा दिए जनार्दन शर्माले नैतिकता र त्याग प्रदर्शन गरेको बताएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भने ‘उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ ।’
शर्माले आफ्ना कुरा प्रष्ट रूपमा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताए । शर्माले राजीनामा नगरे यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने डिजाइन भएको प्रचण्डको भनाइ छ ।
‘उहाँले राजीनामा नगरेको भए विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो,' प्रचण्डले भने 'त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।