फिल्म राधाको तीज लक्षित गीत ‘राधा पियारी’को सुटिङ
फाइल तस्वीर

नेपाली फिल्म राधाको तीज लक्षित गीत ‘राधा पियारी’को सुटिङ गरिएको छ ।

बुधबार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो । गीतमा तिजको झलक देख्न सकिन्छ । लामो समयपछि फिल्मी क्षेत्रमा कमब्याक गरेकी प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको गीत्मा मुख्य अभिनय छ । 

फिल्म राधामा तीजको सिन रहेकोले त्यसलाई समेट्न गीत सुटिङ गरेको नायिका श्रृष्टि श्रेष्ठले बताइन् । उनले तीजको गीतमा नाच्न पाउँदा छुट्टै रमाइलो हुने र एउटा चाडको रुपमा सदा रही रहने भएकोले गीत सुटिङ गर्न रमाइलो भएको बताइन् । 

त्यस्तै, फिल्म राधाका निर्माता एवं नायक सौगात मल्लले निर्माता हुँदा फिल्मको सुटिङका लागि दौडिनुपरेको बताए । उनले काम फरक भएकोले यो आफ्नो लागि सिक्ने अवसर भएको बताए । 

नेपाली वास्तविक कथावस्तुमा पनि फिल्म बन्नुपर्छ भनेर लगानी गरेको बताए । त्यस्तै गीतमा अभिनय गरेकी नायिका प्रियंका कार्कीले तीजको लागि गीत सुटिङसँगै आफू काममा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । 

उनले तीज नभए पनि आफूलाई नाच्न पाउनेबित्तिकै रमाइलो अनुभूति हुने बताइन् । उनले केही समयपछि काममा फर्किंदा पनि सहज लागेको बताइन् ।



नेपाली फिल्म राधा आगामी भदौ १० गतेबाट रिलिज हुँदैछ । सुवर्ण थापाले निर्देशन गरेको चलचित्र महिला केन्द्रित चलचित्र हो । 

चलचित्रमा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ । फिल्म सौगात मल्लले निर्माण गरेका हुन् । 



  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १४:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया