कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित

मकवानपुरको कैलाश गाउँपालिकाको दशौं गाउँसभाले ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । 

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत्, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास गरि कैलाशबासीको जीवनयापनमा सहजीकरण गर्ने, कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रवर्द्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्।

शिक्षातर्फ ९४ लाख २२ हजार रुपैंया बजेट विनियोजन गरिएको छ । कैलाश गाउँपालिकाका सबै नागरिकलाई स्वस्थ बनाइ सबल मानव पुँजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक विकासतर्फ ३४ लाख ६५ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १४:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया