प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेशनसहितको प्रस्ताव पेश गरेका थिए ।

यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ती’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राखेका थिए ।

उनले माओवादीमा पहिचानको समस्या भएको भन्दै अलग देखिन समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नु पर्ने प्रस्ताव गरेका थिए । 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १४:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया