लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी सांसद दिलकुमारीले जनताका छोराछोरीले नागरिकता कहिले पाउँछन ? भनि सरकारसँग प्रश्न गरिन् ।
उनले नेपालीका सन्तानले नेपालमा नागरिकता नपाउने दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य नगरे नेपालमा पनि जनताले नेतालाई लखेट्ने दिन आउने चेतावनी दिइन् ।
सांसद कुमारीले भनिन्, ‘नागरिकता विधेयक सदनमा कहिले पेश हुन्छ ? कहिले जनताका छोराछोरीले नागरिकता पाउँछन ? कस्तो दुर्भाग्य, आमाबुबा नेपाली नागरिक छोराछोरी गैर नेपाली कसरी हुन सक्छ ?'
सांसद कुमारीले जनतालाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारलाई पटकपटक सचेत गराइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।