चुनावमा जसले जति खर्च गर्न सक्छ त्यसैले जित्ने प्रवृत्ति देखियो : भोजराज पोखरेल

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले जसले खर्च गर्न सक्छ त्यसैले चुनाव जित्ने प्रवृत्ति रहेको बताएका छन् । 

लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आयोजना गरेको आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै पोखरेलले अहिलेको चुनाव धेरै महँगो भएको बताएका हुन् । 

'कानुनअनुसार चुनाव लड्दा धेरै खर्च गर्न पाइँदैन भन्ने छ तर अहिलेको चुनाव धेरै महँगो भएको छ,' उनले भने, 'चुनावको बेला देखिने खर्चभन्दा नदेखिने खर्चभन्दा बढी छ, पैसा बाँडेर मत किन्ने प्रवृत्ति छ ।' 

दलका कार्यकर्ताहरू दलभन्दा बाहिर जाने र बिक्ने खतरा भएको हुँदा चुनाव महँगो हुँदै गएको उनले जिकिर गरे । उनले चुनावमा लगानी भएको पैसा कहाँबाट आयो ? कसरी आयो ? भनेर स्रोत खुलाउनुपर्ने बताए । गलत ठाउँबाट रकम आएको भए आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १५:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया