फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको जानकारी दिए ।
निर्णयार्थ प्रस्तुत गरिनुअघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक २४ असार दिउँसो २ बजे बस्ने सभामुख सापकोटाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।