नागरिकता विधेयक शुक्रबार पेस हुने, फास्ट ट्रयाकमा पारित गर्ने तयारी
फाइल तस्वीर

सरकारले नागरिकतासम्बन्धी विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ । नागरिकता विधेयकलाई छिटो पारित गर्ने विषयमा सर्वदलीय सहमतिका लागि शीर्ष नेताबीच छलफल भइरहेको छ । 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले संसदमा पेस गर्ने नयाँ नागरिकतासम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाँच्नुपरेको भन्दै सर्वसम्मत रुपमा विधेयक पारित गर्नुपर्ने बताए । 

उनले भने, ‘पुरानो नागरिकता विधेयक विवादित थियो । नयाँ नागरिकता विधेयक पेस गर्ने सहमति भएको छ । जुन नागरिकता विधेयक पेस हुन्छ, नयाँमा । त्यो फाष्ट ट्रयाकमा पास हुन्छ' उनले भने ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले शुक्रबारको प्रतिनिधिसभा बैठकमा नै नागरिकतासम्बन्धी विधेयक पेस हुने बताए । 

विधेयकको सम्बन्धमा गठबन्धन एक ठाउँमा रहेको उल्लेख गर्दै उनले सर्वदलीय सहमतिका लागि शीर्ष नेताहरुले कोशिस गरिरहेको जानकारी दिए ।



लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले सरकारले पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयकले संवैधानिक व्यवस्थाअनुसार जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने कुरा समेट्ने बताए ।

उनले पनि नागरिकतासम्बन्धी विधेयक शुक्रबारको प्रतिनिधिसभा बैठकमा पेस हुने जानकारी पाएको बताए ।



  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १८:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया