महिलालाई बोत्तलसँग तुलना गर्ने प्रोफेसरलाई विश्वविद्यालय प्रवेशमा रोक

एजेन्सी– भारतको जादवपुर विश्वविद्यालय प्रशासनले बुधबादेखि एक प्रोफेसरलाई विश्वविद्यालयमा प्रवेश गर्न रोक लगाएको छ । फेसबुकमा महिलालाई अश्लिल टिप्पणी गरेको आरोपमा प्रोफेसर कनक सरकारलाई विश्वविद्यालय प्रवेश गर्न रोक लगाइएको हो । 

विश्वविद्यालय प्रशासनले इन्टरनेशनल रिलेसन्स डिपार्टमेन्टमा पढाउने प्रोफेसरमाथि लागेको आरोपको अनुसन्धान सुरु गर्दै उनलाई पढाउन पनि प्रतिबन्ध लगाएको छ । 

विश्वविद्यालयका भाइस चान्सलर सुरञ्जन दासका अनुसार प्रोफेसर सरकारको फेसबुक कमेन्टको विषयमा तीन अलग अलग अनुसन्धान सुरु गरिएको छ । यी अनुसन्धान पुरा भएपछि युनिभर्सिटी परिसरमा प्रवेश गर्ने इजाजत प्रोफेसर सरकारलाई हुँदैन् र अनुसन्धान पुरा भएपछि उनले पढाउन पनि पाउने छैनन् । विभागीय अनुसन्धानबाहेक पश्चिम बंगाल राज्यको महिला आयोग र राष्ट्रिय महिला आयोगले पनि यो मुद्दा हेर्ने छ । 

बुधबार सम्बन्धित विभागका छात्र शिक्षक समितिले प्रोफेसर सरकारको कारबाहीका लागि एक वैठकको आयोजना गरी छलफल गरेको छ ।

विभागाध्यक्ष प्रोफेसर ओम प्रकाश मिश्रले भने ‘मसँग यो घटनालाई निन्दा गर्न सक्ने शब्द नै छैनन् । धेरै छात्राहरुले प्रोफेसर कनकले अश्लिल टिप्पणी गरेको उल्लेख गर्दै लिखित उजुरी गरेका थिए । उनलाई निलम्बन गर्ने माग गरिएको छ । यो मुद्दा अहिले उपकुलपति समक्ष पुगेको छ र अनुसन्धान भइरहेको छ ।’

इन्टरनेशनल रिलेसनमा एमए गरिरहेका फाइनल इयरका छात्र सौनक वैद्य भन्छन ‘हाम्रा प्रोफेसरले गरेको  टिप्पणीको जुन शब्दले निन्दा गरेपनि कम हुन्छ ।’ 



आइतबार प्रोफेसर कनकले आफ्नो फेसबुक वालमा लेखेका थिए ‘केटाहरु सबै वेबकुफ छन्, उनीहरु भर्जिन श्रीमतिका लागि अझै सचेत छ्रैनन् । भर्जिन युवती सिल गरेको बोत्तल वा सिल गरिएको प्याकेट जस्ता हुन्छन्, के मानिसहरु सिल खोलेको कोल्ड ड्रिंक्सको बोत्तल वा सिल खोलिएको बिस्कुटको प्याकेट किन्न मन पराउँछन् ? एक युवती शारीरिक रुपमा सिल गरिएको बन्द बोत्तल जस्तै हुन्छे, एक भर्जिन युवतीको अर्थ उ आफूसँग मुल्य, संस्कार र यौनिक स्वच्छताको आत्मसाथ गरेकी हुन्छे ।’



अहिले उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आफ्नो कमेन्ट डिलिट गरेका छन् ।  प्रोफेसर सरकारले आफ्नो फेसबुक पोस्टको समर्थन गर्दै बिबिसीसँग भनेका छन् ‘फेसबुक पेजमा सामान्य रुपले लेखेको एउटा पोस्टलाई लिएर बवाल शुरु भयो, त्यसपछि डिलिट गरे ।’

उनी थप्छन् ‘सबैलाई जस्तै मलाई पनि स्वतन्त्र अभिव्यक्तिको अधिकार छ । सामाजिक मुल्यमान्यताको विषयमा निकै लामो बहस चलिरहेकाले मैले यो पोस्ट गरेको हुँ । मैले पुरुषहरुको लागि लेखेको हो । हामी वास्तविकताभन्दा पर जान सक्दैनौं, परिवार विग्रिरहेका छन् र धेरै सामाजिक मुल्यमान्यतामा ह्रास आइरहेको छ । यसलाई सामाजिक संस्कारको एक हिस्साका रुपमा लिन आवश्यक छ ।’

उक्त कलेजका छात्राहरु महिलालाई बोत्तलसँग तुलना गरेको भन्दै निकै आक्रोशित बनेका छन् । उनीहरु भन्छन् ‘हामी मिनरल वाटरको बोत्तल हो ? वा अरु केही ? हामी सिल गरेर आएका हुँदैनौं । के ती प्रोफेसरलाई जीव विज्ञानको बारेमा थाहा छैन ?’

कलेजका विद्यार्थी, शिक्षकलगायत सबैले कनकको उक्त पोस्टको निकै आलोचना गर्दै कारबाहीको माग गरेका छन् । 

  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार ८:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया