जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न कांग्रेसका जनप्रतिनिधिलाई उपसभापति खड्काको सुझाब

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सुझाब दिएका छन् ।

बिहीबार स्याङ्जाको पुतलीबजारमा नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई सुझाब दिएका हुन् । 

पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जाने उनको भनाइ छ । 

कार्यक्रममा सहभागी वक्ताहरुले स्थानीय सरकार जनतासँग प्रत्यक्ष ठोकिने र जनताको नजिकको सरकार भएकाले जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, कांग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, कांग्रेस नेता भोजराज अर्याल, कांग्रेस गण्डकी प्रदेश सदस्य कविता तिवारी गैरे, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, कांग्रेस जिल्ला उपसभापति केदार काफ्लेलगायत अतिथि थिए ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार २१:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया