को हुन् जापानी पूर्वप्रधानमन्त्री आबेलाई मार्न खोज्ने व्यक्ति, जो गोली हानेर पनि भागेका थिएनन्

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली चलाउने ४१ वर्षीय संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

आबेलाई शुक्रबार बिहान ११:३० बजे देशको पश्चिमी भाग नारामा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली प्रहार भएको थियो ।

गोली लागेपछि उनलाई हृदयघात पनि भएको थियो । आबेमाथि गोली चलाउने संदिग्धलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।

जापानको राज्य प्रसारक एनएचकेका अनुसार संदिग्ध आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए र मार्ने उद्देश्यले गोली चलाएको थियो ।

गोली लागेपछि शिन्जो आबेलाई हेलिकोप्टरमार्फत नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको छ ।

एनएचकेका अनुसार आबेको घाँटीमा गोली लागेको छ र छातीबाट पनि रगत बगेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले ६७ वर्षीय आबेको अवस्था गम्भीर रहेको र उनको स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको बताएका छन् ।



आक्रमणकारी को हो ?

एनएचकेका अनुसार प्रहरीले आक्रमणकारीका रूपमा ४१ वर्षीय तेत्सुया यामागामीलाई पहिचान गरेको छ । उनले प्रहरीलाई आबेसँग असन्तुष्ट रहेको बताएका छन् । उनलाई आबेलाई मार्न चाहेको प्रहरीसँगको बयानमा भनेको रोयटर्स समाचार एजेन्सीले उल्लेख गरेको छ ।



घटना हुँदा आक्रमणकारी खैरो रंगको टि-सर्ट र ट्राउजरमा थिए । रक्षा मन्त्रालयको स्रोतहरूलाई उद्धृत गर्दै एनएचकेले संदिग्ध व्यक्ति आत्मरक्षा बलको पूर्वसदस्य भएको बताएको छ । हातले बनाएको बन्दुकले गोली हानेका थिए । सन् २००५ सम्म उनले सेल्फ डिफेन्स फोर्समा तीन वर्ष सेवा गरेका थिए ।

 आबेको सार्वजनिक सभामा नारामा बस्ने ५० वर्षीया महिला उपस्थित थिइन् । उनले एनएचकेलाई भनिन्, 'मैले आबेको भाषण सुनिरहेको थिएँ त्यति नै बेला मैले हेलमेट लगाएका एक व्यक्तिले दुईपटक गोली हानेको देखेँ । दोस्रो प्रहारपछि आबे लडेका थिए । उक्त व्यक्तिलाई तत्कालै पक्राउ गरियो । तुरुन्तै एम्बुलेन्स बोलाइयो र आबेलाई अस्पताल पठाइयो । म छक्क परें कि आक्रमणकारी मेरो अगाडि उभिएको थियो ।'

सार्वजनिक सभामा उपस्थित आबेको डेमोक्र्याटिक लिबरल पार्टीका अधिकारीले सञ्चारकर्मीसँगको कुराकानीमा भने, 'त्यो मानिसले १० मिटर टाढाबाट गोली हानेको थियो । कसैले पटका फालेको जस्तो भयो । म विश्वास गर्न सक्दिनँ । आबेलाई गोली लागेपछि पनि उनी शान्त थिए र भागेनन् ।'

जापानका राष्ट्रपति फुमियो किशिदाले आक्रमणकारीको बारेमा शुक्रबार भने, 'हामीलाई आक्रमणकारीको आपराधिक पृष्ठभूमिबारे केही पनि जानकारी छैन । प्रहरी अनुसन्धानपछि सबै कुरा थाहा हुनेछ । आक्रमणकारीको पृष्ठभूमि जानकारी हाम्रो लागि धेरै महत्त्वपूर्ण छ ।'

आबेको व्यक्तित्व

आबेको जन्म सन् १९५४ मा राजनीतिक परिवारमा भएको थियो । उनका बुबा शिन्तारो आबे पनि नेता थिए र जापानका विदेशमन्त्री पनि थिए ।

आबेका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए । आबे २००६ मा दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ।

यद्यपि, उनले सोही वर्ष राजीनामा दिए र २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भए । स्वास्थ्य समस्याका कारण आबेले २०२० मा राजीनामा दिएका थिए । यद्यपि आबे अझै पनि आफ्नो पार्टीमा सबैभन्दा लोकप्रिय नेता हुन् ।

६७ वर्षीय आबेलाई धेरै वर्षदेखि अल्सरेटिभ कोलाइटिस थियो तर हालै उनको अवस्था नाजुक भएको बताइएको छ । आबेको कार्यकाल सेप्टेम्बर २०२१ मा समाप्त हुने थियो । आबेले जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री हुने कीर्तिमान तोडेका छन् ।

सन् २००७ मा पनि अल्सरेटिभ कोलाइटिसका कारण उनले अचानक पदबाट राजीनामा दिएका थिए । यो ठूलो आन्द्राको गम्भीर रोग हो, आबे किशोरावस्थादेखि नै लड्दै आएका छन् ।

जापानमा हाई प्रोफाइल हत्या वा हत्या प्रयासको इतिहास छ । सन् १९३२ मा जापानी प्रधानमन्त्री इनुकाई सुयोशीको एक नौसेना अधिकारीले हत्या गरेका थिए । यो एउटा असफल विद्रोहको प्रयास थियो । जापान त्यस्ता देशहरूमध्ये एक हो जहाँ बन्दुक राख्ने सम्बन्धमा कडा कानुन छ ।

आबेले अब जापानले आणविक हतियारमा सक्रिय बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । उनले यस वर्ष फेब्रुअरीमा भनेका थिए, 'जापानले लामो समयदेखि रहेको वर्जितलाई तोडेर आणविक हतियारमा सक्रिय बहस सुरु गर्नुपर्छ ।' बिबिसी हिन्दीबाट

 

  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १३:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया