१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

प्रचण्डलाई ‌ओलीले सोधे - माओवादीले केका लागि हतियार उठाएको थियो, जवाफ दिनुपर्दैन ?
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीले सशस्त्र जनयुद्धका नाममा एमाले र कांग्रेसका कार्यकर्ता मात्रै मारेको आरोप लगाएका छन् । 


माओवादीले सशस्त्र आन्दोलन थाल्दाको माग सर्वपक्षीय गोलमेच सम्मेलन, सर्वदलीय सरकार र संविधानसभा मात्रै भएको उनको तर्क छ । 



अनावश्यक समयमा हतियार उठाउने, देशमा विग्रह मच्चाउने र युवालाई खाडीमा पठाउने काम माओवादीले गरेको अध्यक्ष ओलीको दाबी छ । 

‘संविधानसभाका लागि हतियार उठाउनु पर्दथ्यो र ? अहिलेसम्म पनि माओवादीले केका लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलिपर्सि जवाफ दिए हुन्छ’, उनले भने ।



एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभामा बोल्दै अध्यक्ष ओलीले, छवि कार्कीलाई घरमा गएर हड्डी भाँचेर मार्नुपर्ने कारण के हो ? प्रचण्डलाई थाहा छ ?’ छवि कार्कीको हत्या कमजोरी थियो भनेर प्रचण्डले जवाफ दिनुपर्ने बताए  । 

‘अलिकति लज्जाबोध छैन, ढुंगाले हानेर, हड्डी भाँचेर, मैले छवि कार्कीको शव हेरेको थिएँ । नेपाली जनतासँग माफी माग्नु छैन । जनता पनि कहिले सचेत हुने होला त्यस्तालाई पनि अझै भोट हालिरहेका छन्’, उनले भने ।

भिडियो



  • प्रकाशित मिति : २४ असार, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया