एजेन्सी– अमेरिकी गायिका रिहानाले ब्रान्डनेमको विवादको विषयलाई लिएर आफ्ना बुवाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । बुवा रानल्ड फेन्टीले आफ्नो इन्टरटेन्मेन्ट बिजनेस बढाउन रिहानाको ट्रेडमार्क ‘फेन्टी’ को दुरुपयोग गरेको आरोप उनले लगाएकी छन् ।
रिहानाका अनुसार रानल्डले आफ्नो ब्रान्ड फेन्टी इन्टरटेनमेन्टसँग रिहानाको नाम जोडेका छन्, रिहानाको ब्युटी ब्रान्ड फेन्टीलाई यसले क्षति पुगेको छ । तर, रिहानाको एक ब्युटी प्रोडक्ट ब्रान्डकाे नाम फेन्टीलाई रानल्डले २०१७ मा फेन्टी इन्टरटेनमेन्टको नामबाट सुरु गरेका थिए ।
उनले रानल्ड र उनको बिजनेस पार्टनरले आफ्नो ब्रान्डको प्रचार गर्न आफ्नाे ब्रान्डसँग जोडेर गलत एडर्भटाइजिंगको प्रयोग गरेको आरोप लगाएकी छन् ।
ब्याटलसिप एक्टर रिहानाको टिमका अनुसार रिहानाले पहिले नै फेन्टी शब्दको ट्रेडमार्क लिइसकेकी छन्, रानल्डले ट्यालेन्ट एजेन्सीबाहेक बुटिक होटलको एक चेनको लागि पनि रिहाना ट्रेडमार्क फेन्टीको प्रयोग गरेका छन् । कानुनी निकायले रानल्डलाई यस्तो नगर्न पटक–पटक सूचना पठाएको थियो ।
सञ्चारमाध्यमका अनुसार रिहानाका वकिलले फेन्टी शब्दको प्रयोगमा रानल्डलाई रोक लगाउन न्यायाधीशसँग आग्रह गरेका छन्, रिहानाको ब्रान्डलाई नोक्सान पुर्याएको भरपाई समेत गराउन वकिलले अदालतमा उजुरी गरेका छन् ।
रिहानाको पूरा नाम राबिन रिहाना फेन्टी हो । रिहानाले आफ्नो धेरै प्रोजेक्टमा सरनेमको प्रयोग गरेकी छन्, वास्तवमा २०१७ मा लन्च भएको उनको ब्युटी प्रोडक्ट्स ब्रान्ड फेन्टी ब्युटी निकै चर्चित छ ।
रिहाना र उनका पिता रानल्डबीच सधैं विवाद भइरहने गर्छ । उनीहरुबीचको खटपट र मेलमिलापका दुवै समाचार आइरहेका हुन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।