बूढीगंगाको मेयरमा फराकिलो अग्रता बनाउँदै एमाले, कांग्रेसका खाती झण्डै १ हजार मतले पछि

बाजुराको बूढीगंगा नगरपालिकाको मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ २ हजार १९६ मतका साथ अगाडि छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २३६ मत प्राप्त गरेका छन् । एमालेका बानियाँभन्दा खाती ९६० मतान्तरले पछि छन् । 

त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुँवर २१४२ मत ल्याउँदै अगाडि छिन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १२६६ मत प्राप्त गरेकी छन् । 

अहिलेसम्म ३ हजार ६ सय ४३ मत गणना भएको छ । नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह र १० मा पनि एमालेकै दलबहादुर साउँद विजयी भएका छन् । 

बूढीगंगामा कूल १३ हजार ६ सय ५९ मतदाता छन् । जसमध्ये ६६.७५ प्रतिशत अर्थात् ९ हजार १ सय २८ जना मतदानमा सहभागी भएका थिए ।  ३० वैशाखमा भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १०:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया