घाँटीबाट सुनको सिक्री थुतेर फरार युवक पक्राउ

झापाको मेचीनगर नगरपालिका–१० धुलावारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुतेर फरार एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा बारा जितपुर नगरपालिका–९ बस्ने २० वर्षीय निरज राय रहेका छन् ।

उनले शुक्रबार बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलावारी नगरपालिका–९ बस्ने ५० वर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले रायलाई सिक्रीसहित पक्राउ गर्न सफल भएको हो । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १०:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया