बझाङमा नुहाइरहेकी किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको बुङ्गल नगरपालिका–४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन् । यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गर्न खोज्ने नेगीलाई २३ गते पक्राउ गरिएको हो ।
किशोरीलाईसमातेर नेगीले धाराभन्दा केही तल लगेर बलात्कारको प्रयास गर्दा किशोरीले चिच्याउँदा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी नेगीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।