यसकारण ‘सर्टलेस’ हुन्छन् सलमान

सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् ।  

सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरलाई देखाउने गर्छन् । तर, उनी किन यसो गर्छन्, त्यो कमैलाई थाहा छ ।

सलमानले पहिलोपटक फिल्म ‘प्यार किया तो डरना क्या’को एक गीतमा सर्ट खोलेका थिए । त्यसपछि उनको यो क्रम अन्य फिल्ममा जारी रह्यो । केही समयअघि दुबईमा सम्पन्न आइफा अवार्डमा रितेश देशमुख र मनीष पलले सलमानसँग सम्बन्धित प्रश्न सोधेका थिए । 

उनलाई मनीषले सलमानलाई सर्टलेसन हुने कारण सोधका थिए । उनको उत्तर अभिनेत्री जेनेलिया डिसुजाले दिँदै ‘सर्ट खोल्दा सलमान कुल देखिन्छन्’ भनी जवाफ दिएकी थिइन् ।

सलमानले जेनेलियाको उत्तरलाई गलत बताउँदै आफैंले त्यसको जवाफ दिएका थिए । उनले मनीषलाई ‘मनीष तिमीसँग एक महँगो र शानदार गाडी छ भने के तिमी त्यसलाई सधैं छोपेर राख्छौ?,’ भनी सोधेका थिए । यसको जवाफमा आफूले त्यसो नगरी गाडीलाई सार्वजनिक रुपमै देखाउने बताएका थिए ।

सलमानले पनि जसरी मानिसहरू आफ्नो गाडीलाई देखाउँछन्, त्यसैगरी आफूले पनि फिट शरीरलाई देखाउनका लागि सर्टलेस हुनुपरेको जवाफ दिएका थिए ।





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ११:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया