मधेस प्रदेश : दुई विधेयक सर्वसम्मतिले पारित

मधेस प्रदेशसभाको बैठकले दुईवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

आजको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो । 

बैठकमा दुवै विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए । 

विधेयक पारित गर्न आवश्यक गणपुरक संख्या नरहेकाले विधेयक पारितको प्रस्ताव रोक्न प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सभामुख यादवको निर्देशनमा प्रदेशसभा सदस्यको गणना गरिएको थियो । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १७:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया