बाजुराको बुढीगंगामा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उप मेयरसहित ७ वडामा नेकपा एमाले विजयी भएको छ । मेयर रामबहादुर बानियाँ र नगर उप–प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती ३७ सय ७४ मतसहित पराजित भएका छन् । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भए भने उप प्रमुख कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगर प्रमुख रङ्गबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजित भए । कांग्रेसका उप प्रमुख उम्मेदवार रीता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भइन् ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा काँग्रेस सँगै पराजय भएका थिए । कांग्रेसले दुबै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो, भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थिए ।

१० ओटा वडा रहेको बुढीगंगा नगरपालिकामा ७ ओटा वडामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस ३ वडामा सिमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । वडानम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ ।

बुढीगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन् । २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । ३ मा नेकपा एमाले उम्मेदवार खडकबहादुर अधिकारी विजयी भएका छन् ।



त्यस्तै ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीनबहादुर शाह विजयी भएका छन् । वडा न ५ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार चक्रबहादुर थापा वडा न ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी विजयी भएका छन । वडा नम्बर ७ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भुवन सिंह केसी विजयी भएका छन् । वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेशबहादुर रावल विजयी भएका छन् ।

वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउँदै नेकपा एमालेका उम्मेदवार मीनबहादुर सिंह विजयी भएका छन् । १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साँउद विजयी भएका छन् । बुढीगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बैशाख ३० गते भएको निर्वाचन निष्पक्ष नभएको भन्दै रद्द गरिएको थियो । 



  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १२:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया