प्रदेशले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको धज्जी उड्यो : प्रदीप पौडेल

नेकपा कांग्रेसका युवा नेता प्रदीप पौडेलले बजेटकाे प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले प्रदेश सरकारले विनियोजन गरेको बजेजप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

प्रदेश सरकारले बजेट विनियोजन गर्दाको प्राथमिकताको फेहरिस्तले संघीयताको धज्जी उडेको उनको भनाइ छ । व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैँ बजेटलाई कनिका जस्तो छर्ने कार्यले सयौँ वर्षमा पनि आर्थिक विकास हासिल गर्न नसिके उनको तर्क छ ।

गण्डकी प्रदेश सरकारले व्यक्तिका नाममा खोलिएका ट्रष्टलाई बजेट विनियोजन गरेपछि त्यसको विरोध भइरहेको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठलगायतका आफ्ना आफन्तका नाम खोलिएका कोषमा रकम विनियोजन गरेको भन्दै कांग्रेस नेताहरूले नै असन्तुष्टि जनाएका हुन् ।

'प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको धज्जी उडेको छ । व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैं बजेटलाई कनिका जस्तो छर्ने । यस्तै, निरन्तरता हुने हो भने सयौं वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटकाे प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ,' उनले भनेका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १६:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया