कर्णालीमा हलो जोत्दै अभिनेता प्रदीप
फरकधार / २६ असार, २०७९

अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदै छन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदै छन् । फिल्म आगामी १० भदौमा रिलिज हुँदै छ ।



फिल्म युनिटले आइतबार सार्वजनिक गरेको प्रदीपको दुई तस्बिरमा यो कुरालाई प्रस्ट्याएको छ । फिल्मका निर्देशक दिनेश राउत फिल्ममार्फत प्रदीपले आमनेपाली युवाको प्रतिनिधित्व गर्ने दाबी गर्छन् । त्यही दाबीलाई पुष्टि गर्न उनका दुई तस्बिर सार्वजनिक गरिएको उनको भनाइ छ ।

फस्टलुकमा अभिनेता प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ । उनले ट्राउजर र सर्ट लगाएका छन् । फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ ।



बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ । 



महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दै छन् ।

  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १८:३०:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया