बागमती प्रदेशमा ४३ प्रतिशत रोपाइँ सकियो

बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टरमा मात्र रोपाइँ भएको हो । सबैभन्दा धेरै काठमाडौंमा ८० प्रतिशत र कम धादिङमा ११ प्रतिशत रोपाइँ भएको छ । 

यस्तै, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा ७० प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसैगरी, सिन्धुलीमा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, चितवनमा ४०, नुवाकोटमा ४५ रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए। 

बागमती प्रदेशमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको प्रवक्ता कँडेलले बताए ।

बागमती प्रदेशमा पछिल्लो केही वर्षयता धान उत्पादन घट्दो क्रममा छ । कृषि पेसाप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको हो । 

आर्थिक वर्ष २०७७–०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६–०७७ मा ५ लाख १० हजार २ सय, २०७५०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार २१:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया