भारतमा फेरि बढ्यो कोरोना, २४ घण्टामा थपिए १८ हजार संक्रमित

भारतमा कोभिड संक्रमितको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । 

हाल भारतमा कुल संक्रमितको शून्य दशमलव ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलव ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ८:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया