परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले लगायो त्रिवि डिन कार्यालयमा ताला

सत्तारुढ नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएका छन् । काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाइ सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला लगाएका हुन् । 

उनीहरूले व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको पनि राजीनामा मागेका छन् । २२ असारमा बिबिए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ः अर्गनाइजेसन बिहेव्यर’ को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डिनको राजीनामा मागेको हो । 

यसअघि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्रिविका परीक्षामा लापरबाही देखिएकोले पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए । 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १०:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया