संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन शेखर कोइरालाको माग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सो विधेयक फिर्ता लिनुपर्ने बताए । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको स्मरण गराउँदै उनलेसो विधेयक लैजान नहुने बताए । नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने उनको भनाइ छ । 

सबै राजनीतिक दल एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने भन्दै डा. कोइरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी रहेको बताए । 
 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १७:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया