१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

बैतडीको दोगडाकेदारमा बाबुआमा गुमाएका बालबालिकालाई पढाइ खर्च वितरण

बैतडीको दोगडाकेदार गाउँपालिकाले बाबुआमा नभएका बालबालिकालाई पढाइ खर्च वितरण गरेको छ । गाउँपालिकाभरिका २० जना यस्ता  बालबालिकालाई प्रति बालबालिका २० हजारका दरले पढाइ खर्च वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।


अभिभावकविहीन बालबालिकाको पठनपाठनमा सहयोग मिलोस् भने उनीहरुका संरक्षक बोलाएर पढाइ खर्च वितरण गरिएको हो । आमा–बुवा दुवै नभएका बालबालिकालाई पढाइ खर्च दिने गाउँपालिकाले निर्णय गरेको थियो ।



आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई परिष्कृत गर्दै निरन्तरता दिइने उपाध्यक्ष कार्कीले बताइन् । टुहुरा बालबालिकाहरुलाई अनाथालयमा बस्ने व्यवस्थासहित उनीहरुलाई माध्यमिक शिक्षा पालिकाले पढाउने गरेर व्यवस्था गर्ने सोच रहेको उनले बताइन् ।

दोगडाकेदार गाउँपालिका वडा नं ४ मा अनाथालय भवनसमेत निर्माण भइसकेकाले यो विषयमा सबै सरोकारवालासँग छलफल गरेर अघि बढ्ने कार्कीले बताइन् । अनाथ बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्नका लागि पालिकाले पहल गरिरहेको उनले बताइन् ।





  • प्रकाशित मिति : २७ असार, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया