रिलिज पहिले मणिकर्णिका भारतीय राष्ट्रपतिका लागि विशेष सो

एजेन्सी– बलिउड क्विन भनिने अभिनेत्री कंगना रनौटको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ अब एक सातापछि रिलिज हुँदैछ । तर, सिनेमा घरमा रिलिज हुनुभन्दा पहिले यो फिल्म भारतीय राष्ट्रपतिका लागि विशेष प्रदर्शनी गरिने भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दका लागि यो फिल्म १८ जनवरीमा विशेष सो गरिने भएको हो ।

राष्ट्रपतिलाई विशेष सो गरेर देखाउने भएपछि अभिनेत्री कंगनाले आफू निकै उत्साहित भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘रानी लक्ष्मीबाई एक राष्ट्रिय हिरो हुन् । राष्ट्रपतिलाई फिल्म देखाउन उत्साहित ममात्र होइन, पूरै टिम भएको छ ।’

फिल्म मणिकर्णिका भारतकी योद्धा रानी लक्ष्मीबाईको वीरतामा आधारित कथा हो । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ ।
 





  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार २२:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया