रेशम चौधरीको रिहाइको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको नि:सर्त रिहाइलगायत माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापनपत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् ।

जिल्ला अध्यक्ष सुनीलकुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । 

लोसपाको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापनपत्र आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं पठाउने प्रतिबद्धता गरेका छन् ।

ज्ञापनपत्रमा सांसद रेशम चौधरीसहित विभिन्न आन्दोलनका क्रममा पक्राउ परेका राजबन्दीलाई निःसर्त रिहाइ गर्नुपर्ने, देशमा व्याप्त महँगी, भ्रष्टाचार, कृषिको लागि मलखाद र नागरिकताविहीनका लागि नागरिकता उपलब्ध गराउनुपर्नेलगायत विभिन्न १४ बुँदे माग छ ।





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार २१:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया