को हुन् भारतीय क्रिकेटर ऋषभ पन्तकी प्रेमिका ?

एजेन्सी– भारतीय क्रिकेट टिममा अहिले सबैभन्दा चर्चामा रहेका युवा क्रिकेटरमध्ये एक हुन्, ऋषभ पन्त । २१ वर्षका ऋषभ पन्तले केही दिनअघि भएको अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए । 

यी विस्फोटक ब्याट्सम्यान पन्त अहिले क्रिकेटका कारण होइन, इन्स्टाग्राममा राखेको एउटा तस्वीरका कारण चर्चामा छन् । तस्वीरमा ऋषभ एक युवतीसँग देखिएका छन् ।

र, आफूले राखेको पोस्टमा उनले लेखेका छन्, ‘म बस तिमीलाई खुसी राख्न चाहन्छु किनकि तिमी नै मेरी खुसीको राज हौ ।’

पन्तको यो पोस्ट आएपछि सामाजिक सन्जालमा यी युवती पन्तकी प्रेमिका भएको अनुमान व्यापक गरिएको छ ।

जोसँग पन्तले आफ्नो तस्वीर सार्वजनिक गरेका छन्, ती युवती हुन् इशा नेगी । इशाले पनि पन्तले इन्स्टाग्राममा राखेको तस्वीर नै आफ्नो इन्स्टाग्राममा पनि राखेकी छिन् । तर, इशाले पन्तसँगको सम्बन्ध अझ खुलाएर लेखेकी छिन् । 

उनले लेखेकी छिन्, ‘मेरो मान्छे, मेरो आत्मा र मेरो सबैभन्दा राम्रो साथी, मेरो प्रेम ।’ इशाको फेसबुकअनुसार उनी देहरादूनबाट अहिले नोयडामा रहेको एमिटी विश्वविद्यालयमा अंग्रेजी साहित्य पढिरहेकी छिन् ।



भारतीय अन्डर १९ टिममा गज्जब प्रदर्शन गरेपछि ऋषभ आइपिएलमा दिल्ली डेयरडेभिल्सको छनोटमा परेका थिए । आइपिएलबाट नै रिसभले आफूलाई भारतीय राष्ट्रिय टिममा पुर्याए । अहिले ऋषभलाई महेन्द्र सिंह धोनीको उत्तराधिकारीका रुपमा चित्रण गर्न थालिएको छ ।



  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार २३:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया