दिपेश र जुना अभिनित 'पन्छी' सार्वजनिक

मोडलिङ र अभिनय क्षेत्रमा भविष्य खोजिरहेका युवा जमात ठूलो छ । कतिपयले यो क्षेत्रलाई नबुझेर अघि बढ्दा दुख पाउने सम्भावाना धेरै हुन्छ । भर्खरै मात्र कलाकारिता क्षेत्रको एउटा तितो यथार्थलाई समेटर तयार पारिएको म्युजिक भिडियो 'पन्छी' सार्वजनिक भएको छ ।  

यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ ।  

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो 'नेपाली मेलोडिज' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १६:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया