सेयर बजार मौद्रिक नीतिको पर्खाइमा
फरकधार / २८ असार, २०७९
फाइल तस्वीर

पुँजी बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ । तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो । 
 
विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ । करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो । 



यसबीचमा नेप्से कहिलेकाहीँ बढे पनि औसतमा तलै झर्ने प्रवृत्तिमा देखियो । बजारले करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमायो । सेयर भाउहरू ७०५ सम्म घट्यो । ५२ साताको औसत मूल्यभन्दा पनि भाउ तल आइसकेको छ । 

यतिबेला सेयर बजार मौद्रिक नीतिको पर्खाइमा छ । नयाँ नीतिबाट सेयर धितो कर्जामा ४–१२ करोडको सीमा हटेमा बजारले गति लिन सक्ने अनुमान गरिएको छ । यस्तै, बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १७:२:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया