पर्वतको विहादीमा आगलागी

पर्वत- दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिए । 

आगो अहिले सालघारीमाथिको भीरमा लागिरहेको छ । विहादी–४ वहाकीको लिङ्सिङ, तलातुम र बिहादी– ५ उरामपोखरा लुगरिङ र भतेरपाटाका बासिन्दा आगलागीको जोखिममा पर्नसक्ने स्थानीय प्रहरी चौकीले जनाएको छ । उनीहरुलाई सतर्क रहन आग्रह गरिएको प्रहरीको भनाइ छ । 

बस्तीभन्दा निकै माथिको पहाडमा आगो लागेकाले नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणमा नलिने हो भने हजारौँ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल नष्ट हुने अर्का स्थानीय दिनेश भुसालको भनाइ थियो ।  





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार ९:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया