इरानले रुसलाई सयौं ड्रोन दिने तयारी गरिरहेको छ : अमेरिका
फरकधार / २८ असार, २०७९

युक्रेनविरुद्ध चलिरहेको युद्धमा प्रयोग गर्न रुसले इरानबाट सयौं ड्रोन खरिद गर्ने प्रयास गरिरहेको अमेरिकाले जनाएको छ ।



अमेरिकाले यी ड्रोनहरूमा हतियारको रूपमा प्रयोग गर्न सकिने ड्रोनहरू पनि समावेश गरेको बताएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले इरानले रुसलाई यी ड्रोन उपलब्ध गराएको हो कि होइन भन्नेबारे स्पष्ट भइसकेको बताए ।



तर, उनले अमेरिकाले प्राप्‍त गरेको जानकारीअनुसार इरानले यो महिनाको चाँडै यी ड्रोनहरूको प्रयोगबारे रूसी सैनिकहरूलाई प्रशिक्षण दिने तयारी गरिरहेको छ ।



'हामीलाई प्राप्त जानकारीले इरान सरकारले रुसलाई सयौं ड्रोन उपलब्ध गराउने तयारी गरिरहेको संकेत गर्छ,' उनले पत्रकारहरूलाई भने । 

जेक सुलिभानको बयान राष्ट्रपति जो बाइडेनको इजरायल र साउदी अरबको भ्रमण सुरु हुनुभन्दा एक दिनअघि आएको हो । बिडेनको भ्रमणका क्रममा इरानको आणविक कार्यक्रम र यस क्षेत्रका गतिविधिका बारेमा छलफल हुने विश्वास गरिएको छ ।

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १८:३७:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया