धनगढीका मेयरले बहिरा विद्यालयलाई दिए असारको तलब

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले असार महिनामा पाएको पारिश्रमिक बहिरा आधारभूत विद्यालयलाई दिएका छन् ।
 
मंगलबार एक कार्यक्रमबीच मेयर हमालले धनगढी उपमहानगरपालिका–११ मा रहेको दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

हमालले असार महिनामा आफूले पाएको सुविधा बापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो विद्यालयमा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा जिल्लाका फरक क्षमता (बहिरा) भएका विद्यार्थी अध्ययनरत छन् । 

विभिन्न कठिनाइबीच सञ्चालन हुँदै आएको सो विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न बालबालिकाको नियमित पठनपाठनका साथै लत्ताकपडाका लागि सहयोग पुगोस् भनेर मेयर हमालले सो रकम हस्तान्तरण गरेको बताए ।


सो विद्यालयमा कक्षा ६ सम्म पढाइ हुने गरेको छ । ०७२ सालबाट सञ्चालनमा आएको सो विद्यालयका लागि नेपाल सरकारले वार्षिक ४० हजार रुपैयाँ मात्रै उपलब्ध गराउँदै आएको छ । 

सो विद्यालयमा दोभाषेको रुपमा कार्यरत बहिरा संघ कैलालीका मौसम भट्टले मेयर हमालले ठूलो रकम सहयोग गरेर महत्वपूर्ण योगदान गरेको बताए । हमालले आफ्ना पहिलो अर्थात् जेठ महिनाको पारिश्रमिक धनगढीमा रहेको गौशालालाई दिएका थिए ।





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १८:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया