संघीय राजधानी काठमाडौंमा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध राँके जुलुससहित प्रदर्शन गरेको हो ।
युवा संघले देशमा महँगी, भ्रष्टाचार बढ्दा पनि सरकारले ध्यान नदिएको भन्दै विरोध जनाएको हो । देशमा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले चासो नदिएको युवा संघको आरोप छ ।
प्रदर्शनपछि युवा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत दहन गरेका थिए । पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो । हेर्नुहोस् तस्वीरहरू
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।