गर्भवती विरालो मार्ने चालकलाई दुई वर्षको जेल सजाय

एजेन्सी– मलेसियाका एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । 

जनावर अधिकारवादी र कानुन व्यवसायीले ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए । 

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । 

एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । 

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई बर्षे जेल सजाय सुनाएको छ । 

यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई वर्ष तोकेका हुन् । 

अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महशुस भएको छ, सवै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।’ 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १२:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया