प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यसैगरी  ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै अन्य विभिन्न विषयमा पनि छलफल हुने भएको छ ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ७:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया