नेपाल महिला टी–२० स्म्यास क्रिकेटको फाइनलमा

काठमाडौं– इन्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्यान्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

नेपालले बनाएको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा २७ रन बनाउँदा इन्डोनेसिया अलआउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । 

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले समान एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इन्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । 

इन्डोनेसियाले पहिलो विकेट ११ रन बनाउँदा गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इन्डोनेसियाले आठ विकेट नै गुमाउन पुगेको थियो । ९२ रनको जित, टी-२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १ सय २० रन बनाएको थियो । नेपालले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन् । यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् । 

अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्यान्ड र युएईबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले, तेस्रो खेलमा युएइलाई ६ विकेटले र अन्तिम खेलमा थाइल्यान्ड ‘ए’ लाई ९ विकेटले हराएको थियो । 
 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १२:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया