गैडहवा गाउँपालिका–१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ ।
कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए ।
उनीहरु घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।
कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।