शेयर बजारमा चमक, कारोबार रकम पनि बढ्यो
फाइल तस्वीर

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ ।

बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ । 

मंगलबारको तुलनामा बुधबार कारोबार रकम बढेको छ । मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

बुधबार नेप्सेका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ । 



त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अंकले बढेको छ भने व्यापार उपसमूह ५.३९, जलविद्युत ४.७१,अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ । 

बुधबारको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 



त्यस्तै,सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ । 

कारोबार रकमका आधारमा शिवम सिमेन्टले ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

त्यस्तै, एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । 
 

  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १५:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया