सैनिक विद्यालयमा भएकाे कारबम आक्रमणमा २१ को मृत्यु

एजेन्सी– तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएकाे छ । अन्य ६८ जना घाइते भएका छन् । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ ।

यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भीषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

दुर्भाग्यबस यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारी समेत रहेकाे बताइएको छ । 

यस घटनामा परी घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले शुरुमा दिएको जानकारी अनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए । 

कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गरेका छन् । उक्त दुःखद घटनापछि ट्वीटमा लेखेका छन् – सबै कोलोम्बियाली आतङ्कवादलाई अस्विकार गर्छन् र सबै एक भई आतङ्कबादविरुद्ध लड्ने छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन । 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १५:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया