त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्षलगायत नेता आमरण अनशन बसेका छन् ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त त्रिविमा देखिएको विकृति, विसंगति र शैक्षिक सुधारको माग राखी अनशन बसेका हुन् ।
असार २८ गते दिउँसो २ बजेदेखि उनीहरु त्रिवि उपकुलपति कार्यालय अगाडि अनशन बसेका हुन् ।
उनीहरुले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने, सेमेस्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिविका सबै संकायको पाठ्यक्रम समयानुसार परिमार्जन गर्नुपर्ने, त्रिविमा देखिएका दुईखाले शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने, यस्तै त्रिविका पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुनुपर्नेलगायत माग राखेका छन् ।
अनशनमा बसेका अध्यक्ष पराजुली उच्च रक्तचापलगायतका समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।