प्रचण्डलाई खतिवडाको प्र‍श्‍न - नेपालको पूर्व-पश्चिम-दक्षिणको सिमाना यहीँ हो भन्ने सक्नुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरणअन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए । 

उनले भने, ‘सिसिटिभी विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण । जिन्दगीमा धेरै फुटेजहरु हामीले हराउँदै हराउँदै गएका छौँ । र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन । विज्ञानको अधिकतम उपयोग गरेर नै सम्भव छ ।' 

उनले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव  नरहेको भन्दै विज्ञानलाइृ स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने बताए । 

उपमहासचिव खतिवडाले चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लागि समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयाम तय गर्नसक्ने नीतिहरू बनाउन आवश्यक रहेको बताए । 

उनले राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको पनि बताए ।



उपमहासचिव खतिवडाले फरक प्रशंगमा नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना यही हो भन्ने सक्नुहुन्छ ? भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरे । 

उनले भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म र राष्ट्रको सम्पत्ति दुरुपयोग गरेर आफ्नो सुख र सुविधाका लागि देशको सम्पत्ति प्रयोग गर्छु भन्ने विकृत मनोविज्ञानलाई नत्यागेसम्म विज्ञानमा पनि भ्रष्टाचार हुने दाबी गरे ।



  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १४:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया