logo-img

उपसभामुख पदमा उम्मेदवारी दिएपछि के भने पुष्पा र विद्याले ? [भिडियो]

संघीय संसदको प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गरेकी हुन् । उनले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गरिन् । 

भुसालको प्रश्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी छन् । 

त्यस्तैगरी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रश्तावक सांसद शान्ता चौधरी छन् भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन् ।



उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भूमिका खेल्ने बताइन् । 

उनले आफ्नो भुमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 



‘संवैधानिक परिषद्मा जुन भूमिकाको अपेक्षा गरेको छ संविधानले त्योअनुसार आफ्नो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने मैले प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भनिन् ।

त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडि बढेको बताइन् । 



उनले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभई विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताइन् । 

‘उपसभामुख पदका लागि अरु धेरै मापदण्डहरु पनि हुन्छन् । त्यो मापदण्ड मिट गर्ने हिसाबले पार्टीले जुन ढंगले उम्मेदवारी दिने फैसला गरेको छ, त्यसको लागि पार्टीप्रति आभार व्यक्त गर्न चाहन्छु’ उनले भनिन् । 

उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन् ।

भिडियो

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया